ठाकुरबाबाका प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल

बर्दिया —ठाकुरबाबा नगरपालिकाले शैक्षिक गुणस्तर बढाउन ९ जना प्रधानाध्यापकलाई सेतो प्लेटको मोटरसाइकल हस्तान्तरण गरेको छ । विद्यालयको प्रयोजनका लागि उक्त मोटरसाइकल माविका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको पालिकाले जनाएको छ ।

शिक्षकको मनोबल उच्च राख्न र थप जिम्मेवारी बोध हुने भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर तिलक लम्सालले बताए । पहिलो चरणमा मावि र त्यसपछि निमावि र प्राविका प्रधानाध्याकलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।

Advertisement

यसअघि प्रहरीलाई पनि तीन वटा मोटरसाइकल हस्तान्तरण गरिएको थियो । नगरको शान्ति सुरक्षामा खटिने प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको मेयर लम्सालले बताए । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु