धनगढी । चाडपर्वका बेला सुदूरपश्चिम प्रदेशमा दशैंका भएका गाडी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका हुन् ।
Advertisement
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीसहितका पाँच जिल्लामा मात्र गाडी दुर्घटना भएका छन् ।
कैलालीमा भएका १० दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा थप एक÷एक जनाको मृत्यु भएको छ ।
विगतका वर्षजस्तै यो वर्ष पनि दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटनामा परेका छन् । गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए । यो वर्ष भने दशैंका बेला मात्र ९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।









