अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग पराजित

 

काठमाडौं, १२ भदौं  ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

Advertisement

 

साउथ  अस्ट्रेलियाका लागि  विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।

 

नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

 

साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई तथा म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु