राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

 

काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।

Advertisement

 

आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने बिधायन ब्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

 

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘बैकल्पिक विकास वित्त परिचालन बिधेयक, २०८१’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्षा टेबुल गर्नेछन भने संस्कृति पर्यटन तथा उडडयन मन्त्री  बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बिधेयक, २०८१ लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

 

साथै, सञ्चार सुचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु