छाउपडी बसेका दुई महिलाको मृत्यु

 

अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको
मृत्यु भएको हो ।

Advertisement

अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको हो । सो घटनामा मङ्गलसेन नगरपालिका–६ कि रत्नकला भण्डारी भने घाइते भएकी छिन् । उनको टाउकोमा गम्भीर चोट लागे पछि उपचारका लागि नेपालगन्ज लगिएको छ।

बिहिवार राति चुरकुली भन्ने स्थानमा छाउपडी बसेको घरको आँगनमा त्रिपाल राखेर सुतेको अवस्थामा माथीवाट ढुंगा खस्दा यो अप्रिय घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु