नेपालगन्ज १० मा बालमैत्री स्थानीय शासनका लागि अन्र्तक्रिया

नेपालगन्ज भदौं १४ शनिवार २०८२
नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं १० मा शुक्रबार बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा नंंं १० का वडा सदस्य बिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाको स्वास्थ्य सम्बन्धि सुचकको आवस्थाका बारेमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य थापाले सबै सरोकारवालाले पहल गरेमा वडालाई बालमैत्री घोषण गर्न सकिने बताइन् । यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै वडा सदस्य भरतध्वाज शाहीले पनि बालमैत्री स्थानीय शासन घोषणका लागि आफुले समाजको कुनै पनि बिकृति बिरुद्ध आवाज उठाउने बताए । यस्तै वडा सदस्य मिना चमारले पनि बालमैत्री घोषणका लागि वडामा सचेत गराउने प्रतिबद्धता व्यक्त गरिन् । बालमैत्री स्थानिय शासन घोषाणका लागि स्वास्थ्यको आवस्थाका बारे नगर स्वास्थ्य चौकीका प्रमुख भागिराम चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्यपत्रप्रति नेपालगन्ज उपमहागनरपालिकाका महिला बिकास अधिकृति पबित्र पुरीले खासै निराशाजनक नरहेको बताइन् । स्वास्थ्य आवस्था हेर्दा सबै सरोकारवालाको पहलमा समयमै बालमैत्री स्थानीय शासन घोषण गर्न सकिने उहाँको भनाई थियो । स्वास्थ्यतर्पmको ११ वटा सुचकमध्ये गर्भवती महिलाले प्रसुतिपुर्व ८ पटक जाँच र प्रसुति पश्चात आमा र शिशुको ३ पटक स्वास्थ्य जाँच गर्नु पर्ने सुचकमा ९५ प्रतिशत हुनु पर्नेमा ६८ प्रतिशत मात्रै रहेको छ । यस्तै २ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउनु पर्ने सुचकमा १०० प्रतिशत हुनु पर्नेमा ७० प्रतिशत मात्रै रहेको छ । यी दुई सुचक टोकिएको मापदण्ड भन्दा कम रहेकाले बढि जोड दिनु पर्ने उपमहानगरपालिकाका महिला बिकास अधिकृत पुरीले बताइन् । ११ वटा सुचकमध्ये ६ महिनासम्म बच्चालाई पानी पनि नखुवाएर स्तनपान गराउनु पर्ने सुचकमा ८० प्रतिशत हुनु पर्नेमा त्यो भन्दा बढि ८३ प्रतिशत रहेको छ, भने अन्य सुचकको मापदण्ड पुरा गर्नका लागि समस्या नरहेको बताइएको छ ।

Advertisement

 

 

कार्यक्रममा बालबिवाह न्युनिकरण सम्बन्धि पनि सरोकारवालासंग अन्र्तक्रिया गरिएको थियो । सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले सहजीकरण गरेका थिए । उहाँले बालबिवाह गर्दा नकारात्मक असरका बारेमा जानकारी दिदैं न्युनिकरणका लागि अभिभावकको भुमिका, समुदायको भुमिका, बालबिवाह गर्दा भोग्नु पर्ने कानुनी कार्वाहीका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका सहभागी बालअधिकारकर्मी अन्जना चर्तुबेदीले बिगतमा बालबिवाह भए पनि अहिले वडामा वालबिवाह एकदमै न्युनिकरण भएको बताइन् । सिमापारी भारतमा लुकिछिपि गरेपनि वडामा नभएको उहाँले बताइन् । अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुस्लिम समुदायका अगुवा अजिदुर रहमानले बालबिवाह गरेपछि धेरै समस्या हुने बताए । सानो उमेरमा बिवाह गरेमा आमालाई बच्चाको हेरचाह गर्न समस्या हुनुका साथै हिंसा समेत सहनु पर्ने भएकाले रोकथामका लागि सबैले पहल गर्नुपर्ने उहाँले बताए । मुस्लिम समुदायमा छिटो बिवाह गर्ने पराम्परा रहे पनि आफुले त्यसलाई स्विाकार नगर्ने बताउनुभयो । बिगतमा सानो उमेरमा बिवाह गरेपनि अहिले परिवर्तन हुदै गएको उहाँले बताए । यस्तै कार्यक्रममा वडाका सरोकारवालाहरुले बालबिवाह रोक्ने र बालमैत्री स्थानीय शासनका सबै सुचक मापदण्ड अनुसार पुरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासन घोषणका लागि २०८३ असार समान्तसम्म समय टोकेको छ । त्यसका लागि ५१ वटा सुचक पुरा गर्नु पर्ने मापदण्ड टोकिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु