शंकर पोखरेलको झलनाथलाई प्रश्न, ‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने ?’

 

काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्।

Advertisement

 

एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरे पछि एमाले महासचिव पोखरेलले उनलाई बिगतमा आफ्नै नेतृत्व सिद्दान्त बनाएको स्मरण गराएका हुन्  ।

 

‘जबजलाई सिद्धान्त हो भनेर आठौ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव राखेर पारित गराउने समाजवादीका सम्मानित नेताको यो अभिव्यक्तिले उहाँको वैचारिक धरातलको कमजोरीलाई संकेत गर्दछ । डेढ़ दसक अघि जबज कसरी सिद्धान्त भयो भनेर प्रस्ताव तयार गर्ने ? आज  त्यसको सान्दर्भिकता सकिएर इतिहास बन्यो भन्ने कुराका विचमा कहाँ नेरी संगति देखिन्छ,’ पोखरेलले भनेका छन, ‘विचार सिद्धान्तको प्रश्नलाई नेताहरुले आफ्नो स्वार्थका आधारमा बोलिने विषय बनाउनु हुदैन । वैज्ञानिक समाजवादसम्मनै जबजले वैचारिक नेतृत्व गर्दछ भन्ने मान्यताका आधारमा नै जबजलाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्तका रुपमा ग्रहण गरिएको हो । त्यस प्रकृयामा तपाईको सहमति र नेतृत्व रहेको हो । होइन र ?’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु