बाँकेका प्रदेश मातहतका कृषि कार्यालयले गरे बार्षिक कार्यक्रम सार्वजनिक

नेपालगन्ज १६ भदौं २०८२
शम्भु थारु,
बाँकेमा लुम्बिनी प्रदेश मातहत रहेका ५ वटा कृर्षि कार्यालयले सोमबार खजुरामा सयुक्त रुपमा कार्यक्रम गरी चालु आर्थिक बर्ष २०८२/८३ को बार्षिक कार्यक्रम सार्वजनिक गरेकाछन् । लुम्बिनी प्रदेश मातहत रहेका कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा, कृषि ज्ञान केन्द्र बाँके, माटो तथा मल परिक्षण प्रयोगशाला, बिउबिजन प्रयोगशाला र बाली संरक्षण प्रयोगशाला खजुराले संयुक्त रुपमा कार्यक्रम गरी चालु आर्थिक बर्षको कार्यक्रम सार्वजनिक गरेकाछन् । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञावालीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका कृषि मन्त्रि दिनेश पन्थीको प्रमुख अतिथ्यतामा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै मन्त्री पन्थीले चैत मसान्तभित्रमा सबै कार्यक्रम सम्पन्न गर्न निर्देशन दिएकाछन् । उनले भने, “चैत मसान्तभित्रमा सबै कार्यक्रम सम्पन्न गर्नुहोला, ढिलोमा बैशाखको दोस्रो हप्ताभित्र सम्पन्न गर्नुहोला, सरकारले बजेट संशोधन गरेको छ, मन्त्रालयको एक अर्ब २६ करोड बजेट सिलिङ छ । बिनियोजन भएको बजेट समयमा सम्पन्न गरियो भने, मात्रै आगामी आर्थिक बर्षमा यो भन्दा बढि बजेट माग गर्न सकिन्छ । त्यसका लागि पनि बिनियोजन गरिएको योजनाहरु समयमै सम्पन्न गर्न जरुरी रहेको मन्त्री पन्थी बताए ।” यस्तै कार्यक्रममा बोल्दै कोशेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.अनिल पोखरेलले किसानमैत्री कार्यक्रम बन्न नसकेको बताए । सरकारको कृषि कार्यक्रमहरु एकातर्पm र किसानको माग तथा समस्या अर्कोतर्पm हिडिरहेकाले किसानमैत्री कार्यक्रम छुट्याउनका लागि उनले आग्रह गरे ।

Advertisement

चालु आर्थिक बर्ष २०८२/८३ का लागि कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराले ३ करोड १३ लाखको कार्यक्रम सर्बजनिक गरेको छ । केन्द्रका प्रमुख श्रीधर ज्ञावालीले उक्त बजेटको कार्यक्रम सार्बजनिक गरे । कार्यक्रम सार्बजनिक गर्दै प्रमुख ज्ञावालीले भने, व्यवसायिक कृषकको अभावमा अब कृषि धरापमा पर्छ, सानो कृषकले एकदुई कठ्ठामा कृषिखेती गरेर नहुने भएकाले चकलाबन्दी गर्नुपर्ने उनले बताए । त्यसका लागि कानुन बनाएर नै अगाडी बढ्नु पर्ने उनको भनाई थियो । यस्तै कृषि ज्ञान केन्द्र बाँकेले ४ करोड ४७ लाख ९७ हजार बराबर बजेटको कार्यक्रम सर्वजनिक गरेको छ । केन्द्रका प्रमुख बिनोद घिमिरेले उक्त बजेटको कार्यक्रम सार्बजनिक गरे । किसानको माग अनुसार आवश्यक कार्यक्रम छुट्याइएको प्रमुख घिमिरेले बताए । यस्तै बिउबिजन प्रयोगशाला खजुरा बाँकेले २ करोड ९ लाख बजेटको कार्यक्रम सार्बजनिक गरेको छ । प्रयोगशालाका प्राबिधिक अधिकृत तथा सुचना अधिकारी दिनेश भट्टाराईले उक्त कार्यक्रम सार्बजनिक गरे । यस्तै माटो तथा मल परिक्षण प्रयोगशाला खजुराले पनि २ करोड ३१ लाख बराबर बजेटको कार्यक्रम सार्बजनिक गरेको छ । प्रयोगशालाका प्रमुख अनिष पाठकले उक्त बजेटको कार्यक्रम सार्वजनिक गरे । यस्तै बाली संरक्षण प्रयोगशाला खजुराले एक करोड ४० लाख ३२ हजार बजेटको कार्यक्रम सार्वजनिक गरेको छ । प्रयोगशालाका प्रमुख शकिल अहमदले उक्त बजेटको कार्यक्रम सार्वजनिक गरे । प्रदेश मातहतका ५ वटै कार्यालयले करिब साढे १३ करोडको कार्यक्रम सार्वजनिक गरेकाछन् । कार्यक्रम सार्वजनिकिकरण गर्दै ५ वटै कार्यालयले गत आर्थिक बर्षमा सम्पन्न गरेका कार्यक्रमको उपलब्धि समेत प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै किसान लिल बहादुर रानाले कृषि बजारमा धेरै प्रतिस्पर्धा रहेकाले किसानहरुलाई धेरै चुनौती रहेको बताए । त्यसकारण बजार तथा चुनौतीको पहिचान गर्न जरुरी रहेको छ । नेपाली किसान भारतसंग धेरै चुनौती समाना गर्नु परेकाले गम्भिर भएर योजना तथा कार्यक्रम बनाउन उनले आग्रह समेत गरे । कार्यक्रमका बोल्दै डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख शुसिल शर्माले कार्यक्रमले निजी क्षेत्रका कृषकलाई नसमेटेकाले अगामी दिनमा समेटिनेगरी कार्यक्रम बनाउन आग्रह गरे । अहिले रसायनिक मलको अभाव भैरहेको बेलामा बिकल्पको रुपमा हरियो मल, जैबिक मल उत्पादनमा प्रबद्र्धन गर्ने कार्यक्रम कुनै कार्यालयले नल्याएको उनले औल्याए । स्थानीय तहको कृषि प्राबिधकहरुको क्षमता बिकासमा पनि बृद्धि गर्नु पर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा ५ वटै कार्यालयले किसानको लागि आवश्यक कृषि सेवाटेवा, तालिम, अनुदान, बिषादी व्यवस्थापन, मल तथा माटो परिक्षण, बिउबिजन, रोग किरासंग सम्बन्धित अधिकांस कार्यक्रमहरु समेटिएको बताएकाछन् । कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम बर्दियाका कृषि अधिकृत युराज बिक, बाँकेका बिभिन्न पालिकाका कृषि शाखा प्रमुख, कृषि प्राबिधिक लगायत् किसानहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम संञ्चालन कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका बरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु