जिल्ला समन्वय समितिको कार्यालय परिसरमा सकेट बम

 

जुम्ला — जिल्ला समन्वय समिति जुम्लाको पर्खाल बनाउने कामदारले शनिबार बेलुकी बम फेला पारेका छन् । सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको छ । ‘मोटो जीआई पाइपबाट बनेको बम खिया लागेको अवस्थामा छ ।

Advertisement

बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ । बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेका छन् । समितिको सानो हलको पछाडिपट्टि बम फेला परेको हो । यो बम संकटकालमा माओवादीले छोडेको हुन सक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बम डिस्पोज गर्न सेनाको टोली बम भेटिएको स्थानमा पुगिसकेको बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु