टी–२० विश्वकप एसिया फाइनल: सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियाको त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको छ । यससंगै सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

Advertisement

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु