काठमाडौं ।जेनजीहरूको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कैयौँको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जनाएका छन् । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।








