काठमाडौँ/ईकान्तिपुर — सोमबार भएको भ्रष्टचार र अनियमितता विरुद्ध जेन–जीको प्रदर्शनका क्रममा घाइते भएकामध्ये १९२ जना डिस्चार्ज भएका छन् । प्रदर्शनका क्रममा प्रहरीको दमनबाट ४२९ जना घाइते भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान १० बजे दिएको अपडेटमा १९२ जना डिस्चार्ज भएका हुन् ।
सिभिल अस्पतालबाट ७६, वीर अस्पतालबाट ३, एभरेस्ट अस्पतालबाट ९८, केएमसीबाट ७, अन्नपूर्ण न्यूरोबाट ३ र दमक अस्पतालबाट ५ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
Advertisement
यस्तै १६८ जना अझै उपचाररत रहेका छन् । सोमबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंसहित देशभरमा १९ जनाको हत्या भएको थियो ।








