जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर, ३० भदौ- २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु