काठमाडौं, ३० भदौ- ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि सेराफाँटस्थित निर्माणाधीन घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियारको आइतबार राति मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
महोत्तरी, एकडारा गाउँपालिका-२ बस्ने सुधिर पासवानकी छोरी ५ वर्षीया अनुष्का पासवानको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घरमा टर्चलाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









