मृत अवस्थामा फेला

काठमाडौं, ३० भदौ- दाङ, लमही नगरपालिका-४ ठूलोघुम्ना बस्ने ५८ वर्षीय ईश्वर चौधरी राजपुर गाउँपालिका-७ हाडबाँसस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

झापा, कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु