काठमाडौं, ३० भदौ- झापा, बिर्तामोड नगरपालिका-८ हर्चना चोक बस्ने टिकाराम भन्ने पुण्य प्रसाद अधिकारीले सोही ठाउँमा संचालन गरेको गाई फर्ममा विद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको दोस्रो तलामा रहेको बल्क बी डे केयरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
Advertisement
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









