राप्ती सोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

 

नेपालगन्ज- बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका ३ सिनाबास फर्किने क्रममा ४५ वर्षीया लक्ष्मी थारुको शव बाघले खाएको अवस्थामा फेला परेको छ ।

Advertisement

स्थानीयका अनुसार माथेबास मदुईस्थित आफन्तको घरमा गएकी लक्ष्मी थारु आइतबारबाट बेपत्ता भएकी थिईन । उनको खोजि गर्दालसोमवार जनमुखी सामुदायिक वनको ५० मिटर पर बाघले खाएको अवस्थामा शव भेटिएको हो । दुवै खुट्टा खाएको र टाउँको भाँचेको अवस्थामा लक्ष्मीको शव फेला परेको छ ।

बाघको आक्रमणबाट लक्ष्मीको मृत्यु भएपछि सो क्षेत्रका स्थानीयमा बाघको त्रास बढेको छ । स्थानीयले बाघको खोजी गरेर नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्ज प्रहरी प्रशासनसँग माग गरेका छन् ।

मृतक थारुको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएकोमा मंगलवार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु