बाँके, २ असोज- नेपालगंज उपमहानगरपालिका-१३ रामलिला मैदान नजिकबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद









