खोलाले बगाएर तथा डुबेर मृत्यु

 

काठमाडौं, ५ असोज- रूपन्देही,बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २२ वर्षीय राहुल थापाको सोही ठाउँस्थित तिनाउ खोलाले बगाएर शनिबार साँझ मृत्यु भएको छ ।

Advertisement

खोलालेबगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगर, वडा प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बुटवल उपमहानगरपालिका-११रानीगंजस्थित तिनाउ खोलामा उनको शव फेला परेको हो ।

बारा,आदर्शकोतवाल गाउँपालिका-७ ढावा टोलस्थित नहरमा डुबेर सोही ठाउँ बस्ने २६ वर्षीय भुलावन प्रसाद महतो कोइरीको शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु