चौफेरीस्थित मानखोलाको झुलुङ्गे पुल नजिकै बालक मृत फेला

काठमाडौं, १० असोज-  बाँके, बैजनाथ गाउँपालिका-८ चौफेरीस्थित मानखोलाको झुलुङ्गे पुल नजिकै सोही गाउँपालिका-६ बस्ने होम बहादुर सुनारको छोरा १३ वर्षीय आयुस सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-२ नाबुकस्थित झर्नाको खोंचमा जमेको पानीमा ओखलढुंगा मोलुङ गाउँपालिका-७ पातले बस्ने ४० वर्षीय शेर लाक्पा शेर्पा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

कास्की, पोखरा महानगरपालिका-१७ बालोदयचोकस्थित नहरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु