कुलोले बगाएर मृत्यु

 

दाङ, १० असोज- घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको सोही ठाउँस्थित बाहुन डाँडा कुलोले बगाएर बिहीबार बेलुकी मृत्यु भएको छ ।

Advertisement

कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय घोराही र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित वनगाउँ चोक नजिकै कुलोमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु