आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

 

काठमाडौं, १० असोज-  काठमाडौं महानगरपालिका१५ तल्लो विजेश्वरीस्थित बिनोद शर्माको फर्निचर उद्योगमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Advertisement

मोरङ, कटहरी गाउँपालिका-४ फूल टोल बस्ने अरबिन्द कुमार सिंहको घरमा बिहीबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु