बर्दियामा कडा सुरक्षाका बीच दुर्गा प्रतिमा विसर्जन

बर्दिया/ईकान्तिपुर—सुरक्षा व्यवस्था कडा गरी बर्दियाको गुलरियास्थित बबई नदीको भादाघाटमा दुर्गा प्रतिमाको विसर्जन भइरहेको छ । बिहीबार दिउँसोबाट सुरु गरिएको प्रतिमा विसर्जन राती अबेरसम्म चलेको छ ।

प्रतिमा विसर्जन गर्दा गाउँगाउँबाट ठूलो संख्यामा श्रद्धालु ट्याक्टर, जिप र पैदल आएका छन् । ट्याक्टरमा दुर्गाको प्रतिमा राखेर श्रद्धालु घाटमा पुगेका थिए । डिजे साउन्डको धार्मिक गीतको धुनमा नाचगान गर्दै श्रद्धालु घाट पुगेका हुन् ।

Advertisement

गुलरिया बजार हुँदै घाटसम्म सुरक्षाको कडा व्यवस्था गरिएको छ । अप्रिय घटना नहोस् भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरेका छन् । प्रतिमा विसर्जनका कारण केही बेर यातायात प्रभावित भएको छ । यस वर्ष सदरमुकाम गुलरियामा करिब ९७ ठाउँमा दुर्गा पूजा भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

करिब १२ हजार बढी संख्यामा श्रद्धालु गुलरियास्थित भादा घाटमा पुगेर प्रतिमा विसर्जनमा सहभागी भएका छन् । संवेदनशील क्षेत्रमा कडा सुरक्षा गरिएको छ । राती ८ बजेसम्म ८७ वटा प्रतिमा विजर्सन भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु