काठमाडौ । आइसिसी टी-२० विश्वकप छनोट
समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ।
नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
Advertisement
नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।








