हत्या गरेको अभियोगमा पक्राउ

दाङ- आफ्नै श्रीमान ६४ वर्षीय ढाल बहादुर चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१ गैरागाउँ बस्ने ६२ वर्षीया माया चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारणमायाले टर्च लाईट टाउकोमा प्रहार गर्दा ढाल बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु