रौतहट- कटहरीया नगरपालिका-२ अतियाही टोल बस्ने मेरूलाल लहेरीको छोरा १७ वर्षीय सरोज लहेरी र रामध्यान राय यादवको छोरा १६ वर्षीय नबिन यादवको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ ।
Advertisement
यसैगरी रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरूणको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









