गुलरिया —बर्दियाको गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव बेपत्ता भएको चार दिनपछि गणेशपुरस्थित घरदेखि २ किमि उत्तर गुडी खोलाको किनारमा सोमबार फेला परेको छ ।
असोज १७ गते शुक्रबार करिब ३ बजे गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।
Advertisement
प्रहरीका अनुसार घटनास्थलमा उनको चप्पल, लगाएको लुगा र साइकल समेत फेला परेको छ । प्रहरीले शव परीक्षणका लागि नेपालगन्ज लैजाने जनाएको छ ।









