दाङ। घोराही उपमहानगरपालिका –१ का ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उनकी ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Advertisement
प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबिच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या आरोपमा पक्राउ परेकी छायादेवीमाथि थप अनुसन्धान जारी रहेको छ ।









