बाँके । जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका ५, उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारू पक्राउ परेका छन्। उनलाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ।
पीडित किशोरीले उजुरी दिएपछि ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले प्रेम थारूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको









