काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको छ ।
सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो ।
Advertisement
लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।









