बर्दिया —बाघको आक्रमणमा परी शुक्रबार बारबर्दिया नगरपालिका–१० डफैयामा घर नजिकै खेतमा धान काटिरहेको समयमा ४५ वर्षीया जुना चौधरी गम्भीर घाइते भएकि छ्न ।
Advertisement
जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार घाइते चौधरीको घाटीमा गम्भीर चोट लागेको छ ।
उनलाई उपचारका लागि शिक्षण अस्पताल, कोहलपुर पठाईएको छ । धान खेत नजिक जनजागृति सामुदायिक वनबाट बाघ आएर आक्रमण गरेको हो ।









