एमाले सचिवालय बैठक बस्दै

 

काठमाडौं । नेकपा एमालेको शनिबार स्थगित सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो ।

Advertisement

 

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

 

अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको तर्क छ । बाँकी पदाधिकारीले आजको बैठकमा कुरा राखेपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु