काठमाडौं- काठमाडौं, दक्षिणकाली नगरपालिका-७ बैरेस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख,दुल्लु नगरपालिका-४ स्थित घरको बरण्डामा चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ बस्ने ६० वर्षीय शक्ति रोकाय आइतबारमृत अवस्थामा फेला परेका छन् ।
इलाम,इलाम नगरपालिका-१ सानोमझुवास्थित खोल्सामा सोही नगरपालिका-१ नेपालटार बस्ने ३३ वर्षीय सुदिर दास शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन,भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडक छेउको खुल्ला चौरमा गोरखा पालुङटार नगरपालिका-६ गाइखोर घर भएकी ७० वर्षीया इन्द्र माया विक शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
Advertisement
बाँके,राप्तीसोनारी गाउँपालिका-१ गाभर बस्ने ४५ वर्षीया विष्णु बुढा सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









