जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २८ असोज- सुर्खेत, ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका-४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-१० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भिम बहादुर थापा मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु