काठमाडौं,२८ असोज- मकवानपुर, राक्सिराङ गाउँपालिका-७ झ्याङजुवाङ बस्ने २६ वर्षीय शेर बहादुर प्रजाको घरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
तेह्रथुम, लालीगुराँस नगरपालिका-१ तामाङ गाउँ बस्ने देवु नेपालीको घरमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
Advertisement
ललितपुर, ललितपुर महानगरपालिका-२५ छ्यासीकोटस्थित जिवन चंडेलको बेगम बेली रेष्टुरेन्टको कटेजमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









