बर्दियामा बाघद्धारा दैनिकजसो आक्रमण, बेलभारमा आज फेरि आक्रमण

 

बर्दिया — बर्दियाका सामुदायिक वनमा बाघले दैनिक जसो आक्रमणका घटना हुुने क्रम जारी छ । मंगलबार दिउँसो बारबर्दिया नगरपालिका वडा न११ बेलभारको पचासामा धान काटिरहेको अवस्थामा भादु थारुलाई आक्रमण गरी घाईते बनाएको छ । उनको बारबर्दियाको नगरअस्पतामा उपचार भईरहेको स्थानीय किशोर थारुले बताए ।
हिजो साँझ मधुवनको ओराली बजारमा बाघले आक्रमण गरेको घटना सार्वजनिक भएको छ । यसअघि
बाघको आक्रमणमा परी शुक्रबार बारबर्दिया नगरपालिका–१० डफैयामा घर नजिकै खेतमा धान काटिरहेको समयमा ४५ वर्षीया जुना चौधरी गम्भीर घाइते भएकि छ्न ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार घाइते चौधरीको घाटीमा गम्भीर चोट लागेको छ ।

उनलाई उपचारका लागि शिक्षण अस्पताल, कोहलपुर पठाईएको छ । धान खेत नजिक जनजागृति सामुदायिक वनबाट बाघ आएर आक्रमण गरेको हो ।
त्यसअघि गुलरिया नगरपालिका वडा न १२ को भैसाही र टरवामा बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भइसकेको छ । बाघ नियन्त्रणमा आउन नसकेपछि स्थानीय त्रसित छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु