मृत अवस्थामा फेला

काठमाडौं- काठमाडौं महानगरपालिका-११ स्थित होटेल रोयल थकालीको ७०७ नम्बरको कोठामा गत असोज २२ गतेदेखि बसेका रूकुम पूर्व घर भएका ४६ वर्षीय सुनिल पुन सोही कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, जानकी गाउँपालिका-२ नवाजी गाउँ बस्ने २९ वर्षीय राजेन्द्र रैदास सोही ठाउँस्थित सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Advertisement

सिन्धुली, कमलामाई नगरपालिका-२ देवीथान बस्ने ६३ वर्षीय इन्द्र बहादुर क्षेत्री खड्का सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु