काठमाडौं- पाँचथर, फिदिम नगरपालिका-१३ सिगारे ठुलोखोल्सास्थित सडकमा सिगारेबाट जेभालेतर्फ जाँदै गरको मे.३ प ३९८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ पंचमी बस्ने ४२ वर्षीय हर्क बहादुर राईको घटनास्थलमै मृत्यु भएको छ ।
बारा, कलैया उपमहानगरपालिका-७ स्थित सडकमा बघवनबाट रंगपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राम नारायण यादवको मृत्यु भएको छ ।
Advertisement
सोमबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरगहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









