काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । बिहीबार दुई हजार रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार १०५ रुपियाँ पुगेको छ ।
Advertisement
यसअघि बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपियाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तीन हजार २७५ रुपियाँ कायम भएको हो । बुधबार चाँदी तोलामा तीन हजार २४० रुपियाँ कायम भएको थियो ।









