काठमाडौं- लमजुङ, दोर्दी गाउँपालिका-४ जितौरे बस्ने पूर्ण बहादुर गुरूङकोकिराना पसलमा बुधबार साँझ आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, साकेला गाउँपालिका-२ साल्मे बस्ने अग्न कुमारी राईको कटेरो घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५१ हजार १ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
Advertisement
सर्लाही, गोडैता नगरपालिका-६ बग्दह बस्ने उपेन्द्र महतोको घरमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, बुद्धशान्ति गाउँपालिका-२ प्रगतीटोल बस्ने प्रेम प्रसाद कार्कीको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









