मृत अवस्थामा फेला

काठमाडौं, – ललितपुर,ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने २८ वर्षीय अविज्ञमान श्रेष्ठ आफ्नै घरमा बुधधबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व,मध्यबिन्दु नगरपालिका-५ राजडाँडा बस्ने ४२ वर्षीया दोहन्ती खड्का आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्की,रूपा गाउँपालिका-१ शिसौघारीस्थित मादी खोलामा हाल नाम, थर र वतन नखुलेकाअन्दाजी २५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी,डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने भगवती यादवकी छोरी २ वर्षीया श्रृष्टी कुमारी यादवसोही ठाउँस्थित खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

Advertisement

झापा, दमक नगरपालिका-६ पूर्व बसपार्कस्थित चौतारामा हाल नाम, थर रवतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-५ घलाते बस्ने ४० वर्षीया कल्पना श्रेष्ठ आफ्नै टहरोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु