एमालेको बैठक जारी, आजै सक्ने तयारी

ठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समितिको १०औं बैठकको तेस्रो दिनमा छलफल सुरू भएको  छ। ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबारदेखि सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।

 

Advertisement

बैठकको पहिलो दिन ५० जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राखेका थिए ।

शुक्रबार बैठक सक्ने भनिए पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेका कारण लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।

 

एमालेले केन्द्रीय कमिटी बैठक आजै सक्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु