मन्त्रीमा सिफारिस भएका गणपति श्रेष्ठ र खगेन्द्र सुनारको शपथ रोकियो

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको सपथ आज रोकिने भएको छ ।

श्रेष्ठ भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय र सुनार फौजदारी अपराधमा संलग्न रहेको सुचना बाहिरिएपछि उनिहरुको  प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो।

Advertisement

 

यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु