नेपालगञ्जमा चोरको बिगबिगी

 

नेपालगञ्जमा चोरको बिगबिगी भएको छ।   घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले  चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् ।

Advertisement

विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड र १९ गाउँ मा गरी करिब तीन वटा पसलमा चोरी भएको छ । प्रहरीले रातिकालीन गस्ती नबढाउँदा खेरि चोरीको घटना दिन प्रतिदिन बढेको स्थानीय व्यापारीले बताएका छन्।

चाडपर्वको पर्वको मौका छोपी पछिल्लो समयमा दिन प्रतिदिन चोरीका घटनाहरु बढिरहेका हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ मा प्रहरीलाई चोरीको जानकारी गराएपछि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। तर सिसिटिभी फुटेज र प्रष्ट फोटो दिँदा समेत प्रहरीले अहिलेसम्म चोरलाई समात्न सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु