गुलरिया । घाँस काट्न भनि घरबाट हिडेकी बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली परिवारको सम्पर्कमा आएकी छैनन् । उनी सोमबार दिउँसो घाँस काट्ने जाने भन्दै भगरैया सामुदायिक वन तर्फ गएको तर घर नफर्केपछि खोजी सुरु भएको हो ।
Advertisement
मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासी लगायतको टोलीले खोजी गरिरहेको छ ।
उक्त वन क्षेत्र बर्दिया निकुन्ज र भारतको कतरनीया सेन्चुरी जोड्ने खाता जैबिक मार्गमा पर्दछ । उक्त क्षेत्रमा पाटेबाघको गतिविधि देखिएको स्थानीयले बताए । बेपत्ता नेपालीलाई बाघले आक्रमण गरेको हुन सक्ने स्थानीयवासीले आशङ्का गरिएको छ ।









