काठमाडौं। अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् ।
पेश भएको रिट निवेदनमाथि अध्ययन चलिरहेको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए। ‘
रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासोको विषय भनेर पेश भएको हो।
Advertisement
ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक
२३ र २४ को जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा ओलीलाई सरकारले अनुमति बेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ। यस्तै, उनको पासपोर्ट समेत रोक्का गरिएको छ।









