गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

दाङ । दाङ राजपुर गाउँपालिका(२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवको मृत्यु भएको छ ।

Advertisement

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ वर्षीया सविना यादव घाइते छिन्।

उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए। ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु