फरार कैदी बर्दिया प्रशासनमा नागरिकता बनाउँदै गर्दा पक्राउ

 

गुलरिया — जेन–जी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट फरार भएका गुलरिया नगरपालिका–५ का २३ वर्षीय रामशरण चौधरी पक्राउ परेका छन् ।

Advertisement

उनलाई नेपाली नागरिकताको प्रतिलिपि बनाउँदा बनाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियाले पक्राउ गरेको हो ।

गत भदौ २५ गते बाँके नौबस्ता कारागारबाट भागेका उनी बलात्कार मुद्दामा जेल सजाय भोग्दै आएको प्रहरीले जनाएको छ । उनी कारागारबाट करिब डेढ महिनाअघि भागेका थिए । चौधरी नागरिकताको प्रतिलिपि लिने क्रममा शंका लागि सोधपुछ गर्दा भागेको खुल्न आएपछि नियन्त्रणमा लिएको हो ।
कारागारबाट भागेका बर्दिया जिल्लाकै ४९ कैदीमध्ये चार जना पक्राउ परेका छन् । भागेका अन्य कैदीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु