नेपालगन्ज । २०८२ कार्तिक १५ गते शनिबार दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
Advertisement
कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः कोशी प्रदेश र मधेश प्रदेश साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।








