गुल्मी — मालिका गाउँपालिका ३ ह्वाङ्दी म्यालका २३ वर्षीय भोटबहाद बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, आमा ४९ वर्षीया दिलमाया बिकलाई समेत घाइते बनाएका थिए ।
Advertisement
हँसिया र मुंग्राको प्रहारबाट बुबाको घटनास्थलमै मृत्यु भएको थियो । आमालाई उपचारका लागि गुल्मी अस्पताल हुँदै पाल्पा पठाइएकोमा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यो घटना शनिबार साँझ घटेको थियो ।
बुबाको हत्या र आमालाई गम्भीर घाइते बनाउने छोरा भोटबहादुर बिक अहिले प्रहरी नियन्त्रणमा छन् । मानसिक अवस्था बिग्रेका कारण आफ्नै बुबाआमा माथि कुटपिट गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।









